• १६ असोज २०८३, शुक्रबार
  • २ः४२ राती

फोन पेको प्रमुख कार्यकारी अधिकृतमा सापकोटा नियुक्त

प्रकाशित मिति

२०७९ बैशाख १४ गते, बुधबार ०७:४८

१४ बैशाख २०७९, काठमाडौँ : नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोन पेको सञ्चालक समितिले बुधबारदेखि लागू हुने गरी सापकोटालाई सिइओको रुपमा नियुक्त गरेको हो ।

National Life

सापकोटा फोन पेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोन पेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सेवा गरेका थिए । उनी यसअघि नेपाल क्लियरिङ्क हाउसमा आबद्ध थिए । आइटीदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोन पेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको छ ।


फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनमार्फत अन्तर बैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया