• १७ असोज २०८३, शनिबार
  • ६ः४० बेलुका

एनआइसि एसिया बैंकको एटिएम फोर्दै गरेको अवस्थामा पक्राउ

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०६:४१

१५ फागुन २०७८ काठमाडौं :  काठमाडौं महानगरपालिका-१ नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भबनमा रहेको एनआइसि एसिया बैंकको एटिएमबाट नगद चोरी गर्न एटिएम फोर्दै गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका २१ वर्षीय आकाश तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

National Life

महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटिएम फोर्न प्रयोग गर्ने औजार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया