• २३ भदौ २०८३, मंगलबार
  • ५ः५१ बेलुका

स्वास्थ्य निर्देशनालयका टोली ख्वप अस्पताल अनुगमन

प्रकाशित मिति

२०७८ माघ २२ गते, शनिबार ०२:२७

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ। प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशिल आचार्यको टोलीले अस्पतालको अनुगमन गरेको हो।

National Life

भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले शुक्रबार अनुगमन टोलीलाई ख्वप अस्पतालबाट प्रवाहित सेवा तथा सुविधा र अस्पतालको अवस्थाबारे विस्तृतमा जानकारी गराएका थिए।


नगरप्रमुख प्रजापतिले जनताको माग र आवश्यकताअनुसार नगरपालिकाले सुविधासम्पन्न ख्वप अस्पताल सञ्चालनमा ल्याएको जानकारी गराउँदै अस्पताललाई १०० शय्या क्षमतामा सञ्चालनको लागि आवश्यक सहयोग गरिदिन आग्रह गरे।

Classic Tech Mobile
Classic Tech Desktop

बिरामीलाई २४ सै घण्टा इमर्जेन्सी, ल्याब, एक्स रे र फार्मेसी, स्त्री रोग, जनरल सर्जरी, बाल रोग, हाडजोर्नीलगायतका सेवाहरू सञ्चालनमा रहेको उनले अनुगमन टोलीलाई जानकारी गराए।


अनुगमनका क्रममा निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले ख्वप अस्पतालको भौतिक पूर्वाधार नेपाल सरकारले तोकेको मापदण्डअनुरुप नै भइरहेको पाइएको बताए।


ख्वप अस्पतालको भौतिक संरचना अपाङ्गतामैत्री हुनुपर्ने र जनतालाई सहज रुपमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।


निर्माणाधीन ख्वप अस्पताल, ब्रम्हायणीस्थित ख्वप अस्पताल कोभिड युनिट, छाती पुनःस्थापना केन्द्रको समेत स्थलगत निरीक्षण गरेको थियो।

प्रतिकृया