• २३ भदौ २०८३, मंगलबार
  • १२ः०५ दिउँसो

राष्ट्रिय जनगणना २०७८ प्रारम्भिक नतिजा : २१ लाख ६९ हजार नेपाली विदेशमा

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ०१:०१

१२ माघ २०७८, काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु अक्सर विदेशमा बसोवास गरिरहेका देखाएको छ । भौगोलिक क्षेत्रअनुसार तराईबाट १० लाख ६५हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ रजनसंख्या विदेशमा छन् ।

National Life

परिवारमा अनुपस्थित रहेर धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ । जुन विदेशमा अक्सर बस्ने नेपालीको कुल संख्याको ८१.२८ प्रतिशत हो । विदेशमा अक्सर बस्ने महिलाको संख्या ४ लाख ६ हजार १ सय ३ अर्थात १८.७२ प्रतिशत छ ।


दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४ हजार ०२९ अर्थात ८७.६४ प्रतिशत र महिला २ लाख ३७ हजार ४०० अर्थात १२.३६ प्रतिशत थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

प्रतिकृया