• ५ असोज २०८३, सोमबार
  • ५ः०८ बिहान

‘सामाजिक सुरक्षा कोषमा सूचीकृत आनाकानी गर्ने प्रवृत्ति अस्वीकार्य’

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार ०७:०३

२२ पुस २०७८, काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सबै रोजगारदाता र श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन आग्रह गरेका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को पाँचौं श्रम संसद्लाई आज सम्बोधन गर्दै उनले स्वरोजगार, अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराउने तयारी भइरहेको बताएका हुन् ।

National Life

“अब सबै प्रतिष्ठान र श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आवश्यक छ”, मन्त्री श्रेष्ठले भने, “यसमा सबै श्रमिक र रोजगारदाताको सहयोग र अग्रसरताको अपेक्षा सरकारले गरेको छ ।” श्रम कानुन कार्यान्वयन गर्दा आफूलाई फाइदा हुने विषयमा लाभ लिइहाल्ने तर दायित्वबाट पन्छिने प्रवृत्ति पनि देखिन थालेको मन्त्री श्रेष्ठको भनाइ थियो । “श्रम ऐनको दफा ४५ लाई देखाएर श्रमिकलाई रोजगारीबाट हटाउने तर सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने विषयमा आनाकानी गर्ने प्रवृत्ति अस्वीकार्य छ”, उनले भने ।


श्रम प्रशासनलाई प्रभावकारी बनाउने, श्रम अडिट, कारखाना निरीक्षण, सेवा प्रवाहमा सरलता ल्याउने प्रभावकारी रूपमा काम अघि बढाएको भन्दै उहाँले श्रम तथा रोजगार कार्यालयलाई स्रोत साधनको कमी हुन नदिइने प्रतिबद्धता जनाए । वैदेशिक रोजगारीलाई सरल, सहज बनाउने र विकृतिको अन्त्य गर्न सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाउन लागिपरेको उनले बताए । सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउने दिशातर्फ काम अघि बढिसकेको मन्त्री श्रेष्ठले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया