• १८ असोज २०८३, आइतबार
  • १२ः१३ दिउँसो

लुम्बिनी बैंकको १४ औं वार्षिक साधारणसभा : १३.६८ प्रतिशत लाभांश पारित

प्रकाशित मिति

२०७८ पुष १० गते, शनिबार ०६:३०

१० पुस २०७८, काठमाडौँ : लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १३.६८ प्रतिशत लाभांश पारित गरेको छ । ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस शेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको बैंकले जानकारी दिएको छ ।

National Life

साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्ताव पनि पारित गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।


लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ नारासाथ देशका ३१ जिल्लामा ७७ शाखा र १७ एटीएमबाट बैंकिङ सेवा दिइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया