• ५ असोज २०८३, सोमबार
  • ६ः३० बेलुका

सहर दौडाहामा उपासना

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०५:५९

उपासना सिंह ठकुरी
६ पुस २०७८, काठमाडौं:  ‘क्याप्टेन’, ‘कबड्डी कबड्डी कबड्डी’ जस्ता फिल्मकी अभिनेत्री उपासनासिंह ठकुरी विभिन्न सहरमा आयोजना हुन लागेको एजुकेसन फेयरमा सहभागी हुने भएकी छन् ।

National Life

एजुकेसन एण्ड माइग्रेसन कर्नरले उपासनालाई पुनः एक वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरेपछि उनले कर्नरको प्रचारप्रसारका लागि फेयरमा सहभागिता जनाउन लागेकी हुन् ।


कर्नरले पुष ७ मा काठमाडौ, पुष ९ मा पोखरा, पुष ११ मा इटहरी, पुष १२ मा दमक, पुष १३ मा बिर्तामोड, पुष २३ मा हेटौंडा, पुष २४मा चितवन र पुष २५ मा बुटवलमा शैक्षिक मेलाको आयोजना गर्दैछ । आयोजकका अनुसार मेलामा आएका दर्शकसँग अभिनेत्री ठकुरीले शिक्षाका विभिन्न विषयमा अन्तरक्रिया गर्नेछिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया