• ४ असोज २०८३, आइतबार
  • २ः०५ राती

फिलिपिन्समा आँधी : मृत्यु हुनेको संख्या ३७५ पुग्यो

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०८:३९

६ पुस २०७८, काठमाडौँ : फिलिपिन्समा हालैको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्ने क्रम जारी छ । स्थानीय प्रहरीका अनुसार आँधीका कारण अहिलेसम्म कम्तीमा ३७५ जनाको मृत्यु पुष्टि भएको हो । गएको बिहीबार आएको सुपर टाइफुन राईका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

National Life

राई आँधीका कारण करिब १९५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो। आँधीका कारण कम्तीमा ५०० जना घाइते भएका छन् । अझै ५६ जना बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ ।


फिलिपिन्सको दक्षिण पूर्वी टापु क्षेत्रमा आँधीले बढी क्षति गरेको छ । त्यहाँका तीन लाख भन्दा बढी मानिस सुरक्षित स्थानमा जान बाध्य भएका थिए । आँधीका कारण ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया