• ४ असोज २०८३, आइतबार
  • ८ः०० राती

गाब्रियलको विजयपछि उनका प्रतिद्वन्दीले भने, ‘हाम्रो सबै सम्मान र रचनात्मक सहयोग रहनेछ’

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०८:२८

६ पुस २०७८ , काठमाडौं : वाम झुकावका उम्मेद्वार गेब्रियल बोरिकले आइतबार चिलीको राष्ट्रपतिको निर्वाचनमा जित हाँसिल गरेसँगै बलियो सरकार बन्ने अपेक्डा गरिएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टले ट्विटरमा लेखेका छन्, ‘मैले उहाँलाई उहाँको ठूलो विजयको लागि बधाइ दिएँ। आजदेखि उहाँ चिलीको निर्वाचित राष्ट्रपति हुनुहुन्छ र हाम्रो सबै सम्मान र रचनात्मक सहयोगको योग्य हुनुहुन्छ ।’

National Life

बोरिकले ५५.८७ प्रतिशत भोट प्राप्त गरेका छन् भने कास्टले ४४.१३ प्रतिशत मत प्राप्त गरेका छन्। यसै गरी चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले नवनिर्वाचित राष्ट्रपतिसँग फोन वार्तालापमा बोरिकले आफैले सबै भन्दा राम्रो नतिजा दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।


‘हामी सबैलाई आशा छ कि तपाईले चिली र चिलीका लागि धेरै राम्रो सरकार बनाउनुहुनेछ,’ पिनेराले भने। राष्ट्रपतिले निर्वाचनमा ८ मिलियन भन्दा बढी मानिसहरूले मतदान गर्नु देशको इतिहासमा सबैभन्दा ठूलो संख्या भएको उल्लेख गरेका छन् । ३५ वर्षीय बोरिक म्यागालानेसको दक्षिणी क्षेत्रका डेपुटी हुन्। उनी ‘अप्रुभ डिग्निटी’का उम्मेद्वार थिए जुन वामपन्थी गठबन्धन हो जसमा ब्रोड फ्रन्ट गठबन्धन र चिलीको कम्युनिष्ट पार्टी समावेश छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया