• ४ असोज २०८३, आइतबार
  • १०ः०३ राती

कोरोना अपडेट: चौबिस घण्टामा २२० जनामा संक्रमण पुष्टि

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार ०४:४०

५ पुस २०७८, काठमाडौं : पछिल्लो चौबिस घण्टामा नेपालमा २ सय २० कोरोना संक्रमित थपिएक छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् ।

National Life

पछिल्लो २४ घण्टामा देशभर ४ हजार १४१ जनामा कोरोना परीक्षण गर्दा २ सय २० जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ ।


यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १५५ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५७४ जना पुगेको छ ।

प्रतिकृया