• ३ असोज २०८३, शनिबार
  • ७ः३१ बेलुका

कंगना पाउन श्रीमति छोड्न तयार अनिल कपूर

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार ०१:०८

५ पुस २०७८, काठमाडौं: बलिउडकी ‘क्विन’ कंगना रनावतसँग विवाह गर्न पाए बलियुड अभिनेता अनल कपूरले श्रीमति छाड्न समेत तयार भएको बताएका छन् ।

National Life

कलाकार कपूर कंगना प्रति यति मोहित छन् कि कंगनासँग विवाह गर्न उनी आफ्नो पत्नीसँग डिभोर्स गर्न पनि तयार छन् । अनिलले यो कुराको खुलासा करण जोहारको शो ‘कफी विद करण’मा गरेका थिए ।


करणले अनिललाई ‘त्यो महिलाको नाम भन्नुहोस्, जसका लागि तपाईं आफ्नो पत्नी सुनीता कपूरलाई छोड्न चाहनुहुन्छ ?’ भनी सोधेका थिए । त्यसपछि अनिलले कंगनातिर इशारा गर्दै उनको नाम लिएका थिए । अनिलले मजाकमा कंगनाको नाम लिए पनि सामाजिक सञ्जालले उनको भनाईलाई ट्रोल बनाइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अनिल र सुनीताले सन् १९८४ मा विवाह गरेका थिए । त्यो समयमा सुनीता एक मोडल थिइन् र उनका पिता बैंकर थिए । त्यही समयमा अनिल फिल्म उद्योगमा आफ्नो पहिचान बनाइरहेका थिए । अहिले सुनीता पेशाले कष्ट्युम डिजाइनर हुन् । उनीहरुको सोनम, रिया र हर्षवर्धन कपूर गरी तीन सन्तान छन् ।


३४ वर्षकी अविवाहित कंंगनाको सुन्दरताले उनको लोकप्रियता अझैपनि घटेको छैन ।

प्रतिकृया