• ४ असोज २०८३, आइतबार
  • १२ः१६ राती

ओलीले प्रतिनिधिसभा विघटन गरेको पुस ५ लाई ‘कालो दिन’का रूपमा मनाइने, को को हुँदै छन् सहभागी ?

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार ११:५१

५ पुस २०७८, काठमाडौं : समाजवादी प्रेस संगठन नेपालले प्रतिगमन विरोधी सबै राजनीतिक दलहरूलाई एक ठाउँमा उभ्याएर पुस ५ लाई कालो दिनका रूपमा मनाउने भएको छ । प्रतिगमन विरुद्धको जनमत सृजना गर्ने उद्देश्यसहित संगठनले २०७८ पुस ५ गतेलाई ‘कालो दिन’का रूपमा मनाउन लागेको हो ।

National Life

यसका लागि प्रेस संगठनले सोमबार ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयमा बहस आयोजना गरेको छ । दिउँसो साढे १२ बजे हुने स्काई दरबार बैंक्वेट बग्गीखानासँगै, रामशाहपथमा हुने उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका महासचिव मनोज भट्ट वक्ताका रूपमा रहेका छन् ।


तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गत वर्ष २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर लोकतन्त्र जोगाएको थियो । पुन ओलीले जेठ ७ गते संसद् विघटन गरेका थिए । पुन सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुनःस्थापित संसद् अवरुद्ध गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया