• ३ असोज २०८३, शनिबार
  • ४ः४४ बेलुका

निर्वाचनका लागी भक्तपुरमा आजदेखि मतदाता नामावली संकलन

प्रकाशित मिति

२०७८ मंसिर १७ गते, शुक्रबार १०:३४

१७ मंसिर २०७८, भक्तपुर : भक्तपुरका स्थानीय तहमा आजदेखि फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । चारवटा स्थानीय तह रहेको भक्तपुरमा पहिलो र दोस्रो चरण गरी दुई चरणमा नामावली संकलन हुनेछ । जिल्ला निर्वाचन कार्यालय कार्यालयका अनुसार पहिलो चरणमा मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाका केन्द्रहरुमा नामावली संकलन हुनेछ ।

National Life

सूर्यविनायक नगरपालिकामा दोस्रो चरणमा नामावली संकलन हुनेछ । तर भक्तपुर नगरपालिकामा जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणमा आजदेखि १५ दिनसम्म सञ्चालन हुने छ । मतदाता नामावलीमा भएको त्रुटि सच्याउनु परेमा वा मतदाता नामावली सार्नु परेमा जिल्ला निर्वाचन कार्यालयबाट गरिनेछ ।


मतदाता नामावलीमा नाम समावेश गर्न नागरिकताको सक्कलसँगै छायाँप्रति र नागरिकतामा स्थाई ठेगाना अन्य जिल्लाको भएमा बसाई सराइ प्रमाणपत्र वा विवाह भई आएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ । भक्तपुरमा २०७७ पुस ५ गते १८ वर्ष उमेर पुगेका एक लाख ८४ हजार ३७१ मतदाता छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया