• ४ असोज २०८३, आइतबार
  • ४ः४८ बिहान

वकिलहरुलाई अश्लील गाली गर्दै धम्क्याउने दुई जना पक्राउ

प्रकाशित मिति

२०७८ मंसिर ३ गते, शुक्रबार ०१:४०

३ मंसिर २०७८, काठमाडौं : नेपाल बार एसोसियसनको कार्यालय परिसरमै पसेर वकिलहरुलाई जथाभावी अश्लील गाली गर्ने दुईजना पक्राउ परेका छन्।

National Life

प्रहरीका अनुसार वकिलहरुलाई अश्लील गाली दिँदै कालो कोट च्यातिदिने धम्की दिएकामध्ये तीर्थ ढकाल र सीताराम श्रेष्ठ पक्राउ परेका हुन्। उनीहरुलाई काठमाडौँको टेकुस्थित अपराध महाशाखाको नियन्त्रणमा राखिएको छ।


पक्राउ परेका ढकाल र श्रेष्ठसहित चार युवाले वकिलहरुलाई पैसा खाएर जथाभावी मुद्दा हेर्ने गरेको भन्दै अश्लील गाली गरेका थिए। केही वकिलहरु प्रतिकारमा उत्रेपछि उनीहरु बार परिसरबाट बाहिरिएका थिए। स्वास्थ्य मन्त्रालयमा रातो रङको कार पार्क गरेर उनीहरु बार परिसर प्रवेश गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले पक्राउ परेका ढकाल र श्रेष्ठमाथि थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।

प्रतिकृया