• ३ असोज २०८३, शनिबार
  • ९ः२६ राती

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

प्रकाशित मिति

२०७८ कार्तिक २८ गते, आईतवार ०५:२१

२८ कार्तिक, २०७८ काठमाडौँ :  महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ढिला गरी सुरु भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अहिले ५ बजेपछि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको छ ।

National Life

पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता विवादका कारण केही जिल्लाका नेताहरु अनसन बसेका कारण सभापति देउवाले आफ्नै निवासमा बैठक सारेका हुन् । अनसन बसेका कार्यकर्तासँग भेट हुने भएपछि उनले बैठक स्थल सारेका हुन् ।


आगामी मंसिरको अन्तिम साता पार्टीको १४ औँ महाधिवेशनको मिति तोकिएको छ । त्यसका लागि वडा अधिवेशन, स्थानीय तह अधिवेशन र क्षेत्रीय तथा जिल्ला अधिवेशनहरु भइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया