• ४ असोज २०८३, आइतबार
  • २ः५८ राती

मुस्ताङ हिम पहिरोमा ११ जना घाइते

प्रकाशित मिति

२०७८ कार्तिक २८ गते, आईतवार ०५:१६

२८ कार्तिक, २०७८ काठमाडौँ : मुस्ताङको थासाङ गाउँपालिकामा आइतबार बिहान गएको हिम पहिरोका कारण घाइते हुनेको संख्या ११ पुगेको छ।

National Life

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपनिरीक्षक रामकुमार दानीले हिम पहिरो देखेपछि भएको भागदौडमा ११ जना घााइते भएको खबरहबलाई जानकारी दिए । उनका अनुसार आइतबार बिहान धौलागिरि हिमशृङखलाबाट सुरु भएको ठूलो हिम पहिरो थासाङ गाउँपालिका—२ कोवाङसम्म आइपुगेको छ।


​कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी गरेर ११ जना सामान्य घाइते भएका छन्। भाग्ने क्रममा ९ जना छात्रा, एक जना महिला शिक्षक र एक जना छात्रलाई सामान्य चोट लागेको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले एक घरको छाना पनि हावाले उडाएको पुष्टि भएको बताए । उनले केही चौँरी हराएको हुन सक्ने बताए । तर क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।


प्रहरीका अनुसार करिब ५ किलोमिटर माथिबाट आएको पहिरो नाउरीकोट गाउँसम्म आइपुगेको थियो।

प्रतिकृया