• ३ असोज २०८३, शनिबार
  • ७ः४५ बेलुका

पार्टीनिकट पत्रकारहरुलाई माधव नेपालको चेतावनी : पाँचतारे होटल धाईधाईकन पिएको थाहा पाएँ भने म राम्रो मान्दिनँ

प्रकाशित मिति

२०७८ कार्तिक २७ गते, शनिबार १२:५३

२७ कार्तिक, २०७८ काठमाडौँ :  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीनिकट पत्रकारहरुलाई राम्रो आचरण राख्न निर्देशन दिएका छन् । आज पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

National Life

उनले भने,‘हामीसँग जोडिएका मिडिया कमरेडहरु राम्रो आचरण लिनुहोस, यो सुन्नु नपरोस, अस्ति म सर्लाली जिल्ला गएको थिएँ, मैले पार्टीका नेताहरुलाई भनेको थिएँ, मैले सूचना पाउने गरेको छु कि साँझ पर्न पाएको छैन, गमी महिनामा साँढे ७ बजे, जाडो महिनामा साँढे ५ बजे, अध्याँरो हुन पाएको छैन त्यसपछि होटलका कोठाहरु भरिभराउ हुन थाल्छन रे, अनि त्यहाँका पोखरीमा बोतल नै बोलतहरु देखिन्छन् रे, त्यसपछि त्यहाँ गिलास ठोकाठोक भैरहेको हुन्छ रे, अनि गरमागर्मी चर्काचर्की हुन्छ अरे, अनि फलानो गएर झगडा गरेर समस्या खडा गरिदिन्छ रे, यी पार्टीका नेताहरु को होलान म एउटा फोटा खिच्न चाहन्छु भनेर मलाई फोटो दिनुहोला भनेर मैले गोप्य रुपमा भनेको थिएँ, भागाभाग भएछ त्यहाँ ।’


उनले मिडियाकर्मीहरुको यस्तो बानी त पक्कै छैन होला भनेर विश्वास दिलाए । तर, उनले भने,‘तपाईँहरु पनि साँझ पर्ने बित्तिकै होटल, त्यो पनि पाँचतारे होटल त्यो पनि धाईधाईकन कसैले दिएर नखाईकन निन्द्रा नै नलाग्ने स्थिति त पक्कै पनि छैन होला, यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिनँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया