• ३ असोज २०८३, शनिबार
  • ९ः१२ राती

एमालेमा ९० प्रतिशत प्रतिनिधि सर्वसम्मत छानिन्छन् : विशाल भट्टराई

प्रकाशित मिति

२०७८ कार्तिक २७ गते, शनिबार १२:४६

२७ कार्तिक, २०७८ काठमाडौँ : नेकपा एमालेका प्रभावशाली नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको दसौं महाधिवेशनमा ९० प्रतिशत प्रतिनिधि सर्वसम्मत छानिने बताएका छन् ।एमालेको वडादेखि पालिका हुँदै प्रतिनिधिसम्म छनोट सर्वसम्मत भएको उनको दाबी छ ।

National Life

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “विगतमा माधव नेपाल र झलनाथ खनालले गुटबन्दीको थाङ्ग्रो लगाइदिएकाले तलका लहरा माथि चढ्थे । अहिले त्यो छैन । केपी ओलीजस्तो चमत्कारी र विलक्षण नेतृत्व पाएकाले एमालेमा अहिले सर्वसम्मति सम्भव भयो ।”


नले १२ मंसिरमा ओली सर्वसम्मत अध्यक्ष हुने दाबी गरे । उनले भने, “उहाँलाई कुनै चुनौती छैन । कसैले प्रतिस्पर्धा गरे पनि अध्यक्ष हुने उहाँ नै हो ।” विगतमा माधव नेपाल पक्षमा लागेका नेताहरू र पूर्व माओवादी नेताहरूलाई सम्मानजनक ठाउँ दिइने उनले बताए । नेता भट्टराईले अदालतमा ट्रेड युनियनको जस्तो आन्दोलन भैरहेको भन्दै चोलेन्द्रशमशेर राणा लगायत पाँच न्यायाधीशले सामूहिक रूपमा पदत्याग गर्नुपर्ने दोहोर्याए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया