• ६ असोज २०८३, मंगलबार
  • ११ः३० बिहान

एमाले अध्यक्ष ओलीले आज बुटवलमा कार्यकर्तालाई सम्बोधन गर्दै

प्रकाशित मिति

२०७८ भाद्र ३० गते, बुधबार ०७:०४

३० भाद्र, २०७८ काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउन लागेका छन्। रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेलालाई उनले सम्बोधन गर्नेछन् । केही दिनयता देशदौडाहमा निस्केका ओलीले मंगलबार आफ्नो गृहजिल्ला झापामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए।

National Life

बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए । भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने एमाले लुम्बिनी प्रदेका सचिव भूमिश्वर ढकालले बताए ।


भेला सम्पन्न गर्न जिल्लाका सबै कमिटी र संगठनहरु परिचालन गरिएको तथा ब्यवस्थापकीय तयारी सबै पूरा भएको जिल्ला अध्यक्ष शिवराज सुवेदीले बताए । एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको सुवेदीले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार प्रदेशको अर्घाखाँची, पश्चिमन वलपरासी र कपिलवस्तुमा यस्तो भेला आयोजना गरिएकोमा बुधबार रूपन्देही र गुल्मीमा तयारी गरिएको छ । गुल्मीमा एमाले सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले सम्बोधन गर्नेछन् ।

प्रतिकृया