• ३ असोज २०८३, शनिबार
  • ८ः३५ राती

ग्लोबल आइएमई बैंकले गर्यो बाढी प्रभावितलाई राहत सामग्री वितरण

प्रकाशित मिति

२०७८ भाद्र १७ गते, बिहीबार ११:२०

१७ भाद्र, २०७८ काठमाडौँ : ग्लोबल आइएमई बैंकले बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा आएको बाढीबाट घरबारविहीन भएकाको जीवनयापन सहज होस् भन्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री वितरण गरेको हो ।

National Life

बैंकले विपद्बाट प्रभावित नवलपरासीको बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका–१८ पम्फापुरका १ सय ३५ घरपरिवारलाई प्रतिघरधुरीे चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटरलगायत सामग्री वितरण गरेको जनाएको छ ।


बैंकको अनुसार लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालय भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्री वितरण गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकका लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता तथा रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरको रोहबरमा राहत सामग्री पम्फापुरमा घरपरिवारलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्रतिकृया