राज पोनोग्राफी प्रकरण : शर्लिन चोपडाले शिल्पालाई भनिन्, ‘पीडित युवतीहरू माथि थोरै सहानुभूति देखाउनुस्’
प्रकाशित मिति
२०७८ भाद्र १५ गते, मंगलवार १०:१६
१५ भाद्र, २०७८ एजेन्सी : बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा गत महिना पोर्न फिल्म निर्माण तथा प्रसारण गरेको अभियोगमा जेल परे । कुन्द्रा जेल परेसँगै उनीसँग जोडिएका विभिन्न मामिलाहरु बाहिरिने क्रम जारी नै छ । मुम्बई प्रहरीको अपराध शाखाले उनीमाथि छानबिन गरिरहेको छ ।
राज कुन्द्रासँग जोडिएकी अभिनेत्री शर्लिन चोपडाले पनि उक्त प्रकरणका सुरुदेखि नै बोल्दै आएकी छन् । उनले राज कुन्द्रामाथि विभिन्न आरोप लगाउँदै आएकी छन् । शर्लिन पुनः एक पटक सामाजिक सञ्जालमार्फत भिडियो सेयर गर्दै उक्त विषयमा बोलेकी छन् । उनले क्याप्सनमा लेखेकी छन्, ‘हे शिल्पा दिदि पीडित युवतीहरुप्रति थोरै भएपनि सहानुभूति व्यक्त गर्नुस् । यो मेरो तपाईंलाई बिन्ती छ ।
आफ्नो गल्ती स्वीकार गर्दा कोही पनि सानो हुँदैन । उनले आफ्ना पोस्ट्हरुलाई तोडमोड गरी सामाजिक सञ्जालमा पोस्ट् गर्ने गरिएकोप्रति पनि असन्तुष्टी व्यक्त गरेकी छन् ।
प्रतिकृया