• ३ असोज २०८३, शनिबार
  • ८ः३३ राती

सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल फोटो परिवर्तन

प्रकाशित मिति

२०७८ भाद्र ५ गते, शनिबार ०१:०५

५ भाद्र, २०७८ काठमाडौँ : बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन भएको छ । सुशान्तको राजपूतको पीआर टीमले उनको फेसबुक प्रोफाइल तस्बिर परिवर्तन गरेका हुन् ।

National Life

सुशान्तको प्रोफाइल तस्बिर परिवर्तन भएपछि उनका दर्शकहरु हैरान भएका छन् । उनका दर्शकले तस्बिर परिवर्तन भएपछि दुख व्यक्त गरेका छन् । सामान्यताः कुनै पनि व्यक्तिको मृत्यु भएपछि फेसबुकमा कुनै पनि पोस्ट् अपडेट हुँदैन । तर, उनका पीआर टीमले उनको फोटो परिवर्तन गरेका छन् ।


उनको फोटो परिवर्तन भएपछि लाखौँ फ्यानले तस्बिरमा प्रतिक्रिया जनाएका छन् । जसमा एकजनाले लेखेका छन्, ‘सुशान्त फर्किएर आएजस्तै लागिरहेको छ ।’ अर्को युजर्सले लेखेका छन्, ‘सुशान्त सधैँ हाम्रो यादमा रहनेछन् ।’ त्यसैगरी, अर्का युजर्सले लेखेका छन्, ‘यो कसरी हुन सक्छ ? कसले यो परिवर्तन गर्यो ?’ -एजेन्सी

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया