स्थानीय तहका ट्रेड युनियन संगठनहरुको बैठक सम्पन्न
प्रकाशित मिति
२०७८ भाद्र ५ गते, शनिबार ११:३२
५ भाद्र, २०७८ काठमाडौँ : देशभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको पेशागत माग र मुद्दाहरुका शुक्रवार स्थानीय तहमा क्रियाशिल ट्रेड युनियन संगठनहरुको आज काठमाडौँमा बैठक सम्पन्न भएको छ ।
बैठकमा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष नरबहादुर साउद, नेपाल नगरपालिका कर्मचारी एसोसियसनका तर्फबाट कार्यदल संयोजक नारायणप्रसाद तिमिल्सिना, स्थानीय तह कर्मचारी संघको तर्फबाट गोपालप्रसाद पोखरेल, स्थानीय तह कर्मचारी युनियनका बागमति प्रदेश संयोजक शिबजि भट्टराईले बैठकमा आ आफ्नो धारणा राख्नु भएको थियो ।
उनीहरु स्थानीय तहमा कार्यरत कर्मचारीको माग र मुद्दाका बारेमा सरकारले सुनुवाइ गर्नुपर्ने कर्मचारी मिलान सम्बन्धी मापदण्ड तत्काल कार्यान्वयमा ल्याउन आग्रह समेत गरेका छन् । निकट भविष्यमा स्थानिय तहका ट्रेड युनियनहरुको संयुक्त बैठक बसि साझा धाराणा निर्माण गरि अगाडि बढ्दै जाने निर्णय गरियो छ ।
नेपाल नगरपालिका कर्मचारी एशोसियशनका कार्यदलका संयोजक नारायणप्रसाद तिमिल्सिनाको संंगठनको बिशेष पहलमा नेपाल सरकारको मन्त्री परिषदको कार्यसूचि परेर समेत पारित हुन वाँकी रहेको कर्मचारीको समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ स्वीकृतिका लागि तदारुकता साथ संयुक्तरूपमा थप पहल गर्नु पर्ने बताए ।
बैठकमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले स्थानीय तहका कर्मचारीको हकहितका लागि आफ्नो तर्फबाट सबै प्रकारकारको सहयोग हुने जनाए ।






प्रतिकृया