• ४ असोज २०८३, आइतबार
  • ५ः५९ बिहान

ग्लोबल आइएमई बैंकले गर्यो क्लासिक भिल्लासँग सम्झौता

प्रकाशित मिति

२०७८ श्रावण २८ गते, बिहीबार ०४:०७

२८ साउन, २०७८ काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्लाबीच सम्झौता भएको छ । दुई कम्पनीबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्ला प्रा।लि।का अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् ।

National Life

उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घररजग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्ला प्रा।लि।ले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।


आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित हुँदै आएको बैंकले जनाएको छ । हाल बैंकले घर कर्जाको लागि ७.९९ प्रतिशत (प्रिमियम सहित) को आकर्षक ब्याजदरमा बिशेष घर कर्जा योजना सिमित अवधिको लागि संचालन गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आएको जनाएको छ ।

प्रतिकृया