• ४ असोज २०८३, आइतबार
  • ७ः३५ बिहान

२३ भदौपछि काँग्रेस नेतृत्वविहिन ! कसरी टर्ला संकट ?

प्रकाशित मिति

२०७८ श्रावण २८ गते, बिहीबार ०३:३९

२८ साउन, २०७८ काठमाडौँ : नेपाली काँग्रेसको महाधिवेशन नहुने निश्चित भएको छ । महाधिवेशन नहुने भएपछि संस्थापन पक्ष र इतर पक्ष एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् । सभापति शेरबहादुर देउवाले महाधिवेशन भदौ २३ अघि प्रक्रिया सुरु गरी ४५ दिनभित्र सक्ने रणनीति बनाएका छन् । तर, २३ भदौभित्र महाधिवेशन नभए देउवालाई सभापति नमान्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले घोषणा गरिसकेका छन् ।

National Life

पौडेलले आजको केन्द्रीय कमिटी बैठकको तयारीका लागि जिल्ला सभापति र आफू पक्षीय केन्द्रीय नेताहरुसँग पटक पटक परामर्श गरेका थिए । उनले आक्रामक ढंगले प्रस्तुत हुने रणनीति समेत बनाइसकेका छन् । देउवा पक्षको जिल्ला सभापतिहरुको भेला पनि बस्यो । उनीहरुले संस्थापनइतर समूह महाधिवेशन भाँड्न उद्धत रहेको आरोप लगाएको छ । देउवाले महाधिवेशन गर्न चाहँदा इतर समूह भाँड्न लागेको उनीहरुको आरोप छ ।


२३ भदौभित्र महाधिवेशन नभए संविधान अनुसार नेपाली काँग्रेसको कार्यसमितको वैधानिकतामाथि प्रश्न उठ्नेछ । संविधान अनुसार ५ वर्षभित्र राजनीतिक दलले कम्तिमा ५ वर्षभित्र संघीय र प्रदेश तहको प्रत्येक पदाधिकारीके निर्वाचन गर्नुपर्ने अनिवार्य व्यवस्था छ । विशेष परिस्थित उत्पन्न भई ५ वर्षभित्र पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भनिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

संविधानको धारा २६९ को उपधारा ४ बमोजिम दल दर्ताका लागि निवेदन दिंदा राजनीतिक दलले पूरा गर्नुपर्ने शर्तमा ५ वर्ष या विशेष परिस्थितिमा साँढे ५ वर्षभित्र पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ भनिएको छ । राजनीतिक दलसम्बन्धी ऐतको दफा १३ मा कुनै दलले ऐन वा अन्य संघीय कानून बमोजिम निर्वाचन आयोगलाई बुझाउनुपर्ने अन्य विवरण वा प्रतिवेदन नबुझाएमा वा संविधान वा संघीय कानून बमोजिम दल दर्ता हुन पूरा गर्नुपर्ने शर्त पूरा नगरेमा त्यस्तो दलको दर्ता कायम नरहने उल्लेख छ ।


संविधान अनुसार २३ भदौमा काँग्रेसको नयाँ पदाधिकारी चयन नभए पदाधिकारीको वैधानिकता रहने छैन । त्यसैका आधारमा पौडेल देउवाविरुद्ध आक्रामक बनेका हुन् । यसले काँग्रेसभित्र नयाँ टकराव बढेको छ । अबको ३ हप्तापछि काँग्रेसभित्र टकराव झन् बढ्दै जाने देखिएको छ । सभापति शेरबहादुर देउवालाई पौडेल पक्षले सभापति मान्न तयार नभए काँग्रेसमा भाँडभैलो र अन्यौलको अवस्था आउन सक्छ । यसलाई व्यवस्थापन गर्न देउवासामु ठूलो चुनौती देखिएको छ ।

प्रतिकृया