• ३ असोज २०८३, शनिबार
  • ४ः३९ बेलुका

मकवानपुरमा सुमो दुर्घटना, चालकको मृत्यु , पाँच घाइते

प्रकाशित मिति

२०७८ श्रावण २४ गते, आईतवार ०३:१९

२४ साउन,२०७८ काठमाडौँ : काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १ ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

National Life

मृत्यु हुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् । घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको र तीमध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । –रासस

प्रतिकृया