मोदी र प्रधानमन्त्री देउवाबीच टेलिफोन संवाद : चाँडो खोप आपूर्ति गर्ने मोदीको प्रतिबद्धता
प्रकाशित मिति
२०७८ श्रावण ४ गते, सोमबार ०३:०१

४ साउन, २०७८ काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जतिसक्दो चाँडो कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको टेलिफोन संवादमा मोदीले भारतले दिन बाँकी १० लाख अस्ट्राजेनेका (कोभिसिल्ड) खोपको मात्रा जतिसक्दो चाँडो उपलब्ध गराउने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संवादमा मोदीले देउवालाई बधाई तथा शुभकामना समेत दिएका थिए । साथै, द्धिपक्षीय हितलाई थप प्रगाढ बनाउने बारेमा पनि दुई समकक्षीबीच छलफल भएको जनाइएको छ ।
टेलिफोन संवादपछि भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै कोभिड-१९ महामारीविरुद्ध दुई मुलुक मिलेर लड्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् । वृहत हितका साझा विषयमा समेत मिलेर अघि बढ्ने दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।
प्रतिकृया