• १६ असोज २०८३, शुक्रबार
  • १ः५६ राती

झण्डै डेढ घण्टापछि एमाले कार्यदल बैठक शुरू

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ०१:१३

काठमाडौँ : पार्टीभित्रको विवाद मिलाउन गठित नेकपा (एमाले) को कार्यदल बैठक भर्खरै शुरू भएको छ । बिहान साढे एघार बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलो शुरू भएको हो । माधव नेपाल पक्षका संयोजक भीम रावल बैठकस्थलमा अबेर आएपछि सिंहरदबारस्थित अर्थ मन्त्रालयमा बैठक शुरू भएको हो ।

National Life

आजको बैठकमा रावल र विष्णु पौडेलले तयार पारेको सहमतिको मस्यौदामा छलफल गरेर अन्तिमरूप दिने कोसिस हुने नेताहरूले बताएका छन् । सोमबारदेखि कार्यदल बैठक जारी छ । बिहीबार साँझको बैठकपछि प्रतिक्रिया दिँदै नेपाल पक्षीय कार्यदल सदस्य घनश्याम भुसालले एमाले विवादका सन्दर्भमा विगत १० दिनदेखि केही पनि प्रगति नभएको बताएका थिए ।


कार्यदलमा ओली पक्षका संयोजक सुवास नेम्वाङले पनि भुसालको भनाइजस्तै आसय दिएका थिए । तर, उनले आजको बैठकमा धेरै विषय मिल्ने दावी गरेका थिए । कार्यदलकै पहलमा बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालीबच होटेल मेरियटमा वार्ता भएको थियो । वार्तामा दुई नेताहरुबीच पार्टीभित्र शक्ति बाँडफाँटबारे कुरा भए पनि सहमति जुट्न सकेको थिएन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया