• ५ असोज २०८३, सोमबार
  • ३ः१० राती

डीआईजीपी थापा एआईजीपी बढुवाका लागि सिफारिस

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार ०९:५९

काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले उनलाई बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो ।

National Life

यो सँगै भावी प्रहरी महानिरीक्षक आईजीपीका लागि एआइजीपी विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ । थापा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआइजीपीमा बढुवा भएपछि १ वर्षभन्दा बढी समयदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए । केहि दिन अघि मात्र उनको सीआइबीबाट प्रहरी प्रधान कार्यालय, प्रदेश समन्व्य निर्देशनालयमा कार्यरत थिए ।


पोखरेललाई आईजीपीको एकल दाबेदार बनाउने गरी सरकारले ८ महिना अघि कात्तिक २७ गते एआईजीको एउटा दरबन्दी थपेर बढुवा गरिएको थियो । फेरी अहिले १५ महिनापछि थापालाई पनि एउटा दरबन्दी थपेर एआइजीपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस अघि बढुवा भएका पोखरेलको व्यापक आलोचना भएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पनि बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए पनि सरकारले वेवास्ता गर्दै पोखरेललाई एआईजीमा बढुवा गरेको थियो । हालका आईजीपी शैलेश थापा क्षेत्रीले २०७९ वैशाख १९ गते वकाश पाउनेछन् । त्यसपछि पोखरेल र थापामध्ये एकजना आइजीपी बन्नेछन् ।

प्रतिकृया