• ६ असोज २०८३, मंगलबार
  • ६ः०६ बिहान

ओलीको आरोप : राष्ट्रिय जनमोर्चाको राजनीति एक सांसदलाई मन्त्री बनाउने प्रयासमा सिमित

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार ०९:२६

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मदन भण्डारी जन्म जयन्तीको कार्यक्रममा बोल्दै आफ्ना विरोधिहरुमाथि चौतर्फी प्रहार गरे । यस क्रममा उनले हाल विपक्षी गठवन्धनमा सामेल भएको सानो पार्टी राष्ट्रिय जनमोर्चालाई पनि बाँकी राखेनन् ।

National Life

राष्ट्रिय जनमोर्चाको राजनीति एक जना सांसदलाई मन्त्री बनाउनेमा खुम्चिएको आरोप प्रधानमन्त्री ओलीले लगाए । उनले भने, ‘अहिले हामीले हेर्यौं भने राष्ट्रिय जनमोर्चाको एकजना प्रतिनिधि छन् । उनलाई कसरी मन्त्री बनाउन सकिन्छ रु यत्ति हो उहाँहरुको राजनीति । हामीसँग हुँदा पनि त्यत्ति हो, अहिले पनि त्यत्ति नै हो ।’


उनले थपे, ‘त्यसका लागि उहाँहरु यताबाट हुँदैन भने कांग्रेसलाई समर्थन गरेर, कांग्रेस नेतृत्वको सरकार बनाएर भए पनि मन्त्री हुनेमा पुग्नुभयो । उहाँहरुको विचारको राजनीति समाप्त भयो । वर्गीयताको प्रश्न रहेन ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया