• ५ असोज २०८३, सोमबार
  • १२ः४१ राती

चाँगुनारायण नगरपालिकाको आ. व. २०७८-०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

प्रकाशित मिति

२०७८ असार ९ गते, बुधबार ०८:३९

भक्तपुर : चाँगुनारायण नगरपालिकाको आ. व. २०७८-०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारितले पारित भएको छ । नीति तथा कार्यक्रममा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने जोखिम रहेको र तेस्रो लहरमा चाँगुनारायण नगरपालिकालाई कोरोना संक्रमणमुक्त बनाउन आगामी ६ महिनाभित्र सबै नागरिकलाई खोपको प्रबन्ध गरिने भएको छ।

National Life

नगरपालिकाको मंगलबार सुरु भएको नवौं नगरसभामा आर्थिक वर्ष २०७८ – ७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख वीणा बास्तोलाले सो नीति बनाएको जानकारी दिइन्। ‘नगरपालिकालाई कोभिड १९ महामारीमुक्त बनाउने पहिलो प्राथमिकतामा राखी महामारी रोकथामका लागि आवश्यक स्वास्थ्य सजगता पालना गराउने र ६ महिनाभित्र नगरबासीलाई खोपको व्यवस्था गरिएको छ।’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख बास्तोलाले भनिन्।


त्यसका लागि नगरपालिकाले कोरोना संक्रमणको परीक्षणलाई बढाउने र स्वास्थ्य सेवालाई चुस्त र गुणस्तरीय बनाउने भएको छ। कोरोनाविरुद्ध लड्न नगरपालिकाले पर्याप्त औषधि, चिकित्सक, स्वास्थ्य सामग्रीको व्यवस्थापन र परिचालन गर्ने नीति अवलम्बन गरेको नगरप्रमुख सोम मिश्रले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

नगरबासीलाई कोरोना भाइरसबाट बचाउन आवश्यकता बमोजिम परीक्षण, संक्रमण लक्षण देखिएकालाई तत्काल उद्दार, आइसोलेसन तथा कन्ट्याकमा आएकालाई टे«सिङ गर्ने कार्यलाई थप व्यवस्थित गर्ने उनको भनाइ छ। जनस्वास्थ्यलाई प्राथमिकतामा राखी कोभिड नियन्त्रण कोषको गठन गरिने पनि उनले जानकारी दिए।


‘नगरपालिकाले सञ्चालनमा ल्याएको चाँगुनारायण अस्पताललाई जिल्लाको गुणस्तरीय स्वास्थ्य संस्थाको रुपमा विकास गर्ने र त्यसका लािग अस्पताल विकास समिति गठन गर्ने योजना रहेको बताउँदै नगरप्रमुख मिश्रले भने, ‘स्वास्थ्य नै धन र स्वस्थ नागरिक नै नगरको सम्पत्ती’ भन्ने भावना बमोजिम चाँगुनारायण नगर अस्पताललाई गुणस्तरीय सेवा प्रदायकको रुपमा विकास गर्न ५ शय्याको एचडीयू, अल्ट्रासाउण्ड, इको, इसिजी, पीएफटी, अक्सिजन प्लान्ट सहितको कार्य गरिनेछ।’


सो अस्पतालमा ज्येष्ठ नागरिक, आर्थिक स्थिति कमजोर भएका, विपन्न नगरबासीहरुका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने, दलित अपांग, सुत्केरी तथा गर्भवती महिलाको उपचारमा ओपीडी टिकट निःशुल्क गर्ने पनि नीतिमा उल्लेख छ।


उनले नीति तथा कार्यक्रमले नगरबासीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताए। सोही प्राथमिकताका आधारमा आगामी वर्ष वडा नं. ५, ६, ७, ८ र ९ लाई पायक पर्ने स्थानमा एक नयाँ सुविधा सम्पन्न नगर अस्पताल निर्माणका लािग डीपिआर निर्माण गर्ने उनको भनाइ छ।


नीति तथा कार्यक्रममा कोभिड १९ बाट ज्यान गुमाएका नगरबासीहरुका परिवारका लागि काजक्रिया सहयोग स्वरुप आर्थिक सहयोग दिने, विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्ने र नगरपालिकाभित्र कम्तीमा २ वटा वडामा नयाँ ल्याब स्थापना गर्ने पनि जनाएको छ।

प्रतिकृया