• ५ असोज २०८३, सोमबार
  • ८ः३९ बिहान

विदेश जानेको पिसिआर परिक्षण गर्न थप प्रयोगशालालाई अनुमति दिइएको छैनः स्वास्थ्य मन्त्रालय

प्रकाशित मिति

२०७८ असार ६ गते, आईतवार ०८:०७

काठमाडौं : स्वास्थ्य मन्त्रालयले विदेश जाने व्यक्तिको कोभिड–१९ सङ्क्रमणको पिसिआर परीक्षणका लागि थप प्रयोगशालालाई अनुमति नदिएको स्पष्ट पारेको छ।

National Life

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै विदेश जानेको प्रयोजनका लागि सबै सरकारी प्रयोगशाला र न्यूनतम सय शय्या भएका अस्पताल र ‘ए’ वर्गका निजी प्रयोगशालाबाहेक अन्यलाई अनुमति नदिएको स्पष्ट पारेको छ।


केही सञ्चारमाध्यममा अन्य प्रयोगशालालाई पनि विदेश जाने प्रयोजनका लागि पिसिआर गर्न अनुमति दिएको समाचार आएको भन्दै उनले मन्त्रालयको आधिकारिक जानकारी नलिई सर्वसाधारणलाई अप्ठ्यारो पर्ने खालका सूचना प्रकाशन नगर्न अनुरोध गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया