• ३ असोज २०८३, शनिबार
  • ७ः२४ बेलुका

यो वर्ष औसत भन्दा बढि वर्षा हुने, बाढी–पहिरोसहितको जोखिम विगतको भन्दा उच्च

प्रकाशित मिति

२०७८ जेष्ठ २९ गते, शनिबार ०७:२९

काठमाडौँ : पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो वर्षको मनसुन शुक्रबार दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविले बताएका छन् ।

National Life

देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको मौसमविदले बताएका छन् ।


शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।


यसैबिच यो वर्ष मनसुनजन्य विपद ९बाढी–पहिरोसहित बाट १८ लाख बढि मानिस प्रभावित हुने अनुमान गरिएको छ । यो वर्षको मनसुनमा औसत भन्दा बढि पानी पर्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


गएको वर्ष औसत बराबरजस्तो पानी पर्दा मानवीय तथा भौतिक क्षति ठूलो भएको थियो । तर यो वर्ष औसत भन्दा धेरै पानी पर्ने पूर्वानुमान रहेकाले जोखिम पनि बढ्ने आँकलन गरिएको विभागले जनाएको छ ।


आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताएका छन् ।


उनले भने, ‘यो वर्ष बढि वर्षा हुने आँकलन छ, कोभिड–१९ को महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतिपूर्ण अवस्थाबाट गुज्रिएको छ । यसलाई नै केन्द्रित गरेर पूर्व तयारी र प्रतिकार्य योजना अघि बढाएका छौँ ।’


विगतको तथ्यङ्क विश्लेषणको आधारमा प्राधिकरणले यो वर्ष मनसुनमा १८ लाख भन्दा बढि मानिस प्रभावित हुने अनुमान गरेको हो । प्राधिकरणका अनुसार बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार मानिस प्रभावित हुने अनुमान गरिएको हो ।


गएको वर्ष मनसुनजन्य विपदबाट करिब ४०० मानिसको मृत्यु भएको थियो । एक हजार एक सय भन्दा बढि परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।


यो वर्ष बढि पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरि स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालेको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया