• ४ साउन २०८३, सोमबार
  • ६:४५ बेलुका

सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति

२०७८ बैशाख २२ गते, बुधबार ११:२१

काठमाडौँ  :  बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रति तोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक सय रुपैयाँले घट्दै ९० हजार ३ सय  रुपैयाँ कायम भएको हो ।

 

Kamana Sewa

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रति तोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य भने प्रति तोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

Classic Tech Desktop

 

त्यस्तै यता बुधबार चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले घट्दै बुधबार एक हजार ३ सय २० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया