• २३ भदौ २०८३, मंगलबार
  • ११ः४१ बिहान

सवारी साधन बन्द गरेर हवाईजहाज सञ्चालन, विभेदपूर्ण निर्णय सच्याउन माग

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार ०४:५३

काठमाडौँ :यातायात व्यवसायीले सरकारले गरेको विवेदपूर्ण निर्णय सच्याउन माग गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बुधवार एक विज्ञप्ति जारी गरी गुड्ने सवारी साधनलाई बन्द गरेर हवाईजहाजलाई सञ्चालन गर्न दिई सरकारले विवेदकारी निर्णय गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरेका हुन् ।

National Life

“स्ल यातायातलाई पनि नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई पूरा गरी निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइयोस्,” महासचिव सिटौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ  उनले नयाँ भेरियन्टको भाइरस चाँडै सर्ने र व्यापक रुपमा समुदायमा समेत फैलिने हुँदा ‘बाचौँ र बचाऔँ’ अभियानमा सरिक हुन सबैलाई आह्वान समेत गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया