• ९ असोज २०८३, शुक्रबार
  • १०ः४३ राती

नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ, काठमाडौं बिच सम्झौता

प्रकाशित मिति

२०७७ चैत्र ७ गते, शनिबार ११:१५

काठमाडौं: नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंकर नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं बिच औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर औषधि व्यवसायी हरुलाई सहयोग गर्ने सम्झौता गरेको छ ।
श्री निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र श्री बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

National Life

 

सो सम्झौता नेपाल औषधिव्यवसायी संघ, काठमाण्डौं जिल्ला शाखाको आयोजनामा, काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्ला भरको औषधिको थोक व्यवसायीहरुको बृहत भेलाकार्यक्रम भएको हो । सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुखश्री भरत भट्टराई ज्युको उपस्थिती रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख श्रीनिरज कुमार बस्नेत (डनिल)ले भने, “नबिल बैंक औषधिव्यवसायीहरुलाई वित्तिय पहुचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागीविभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामीे औषधिव्यवसायीहरु र बैंकको दिगो विकाशलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक हौं। हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्ति यव्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु¥याउनेछ । साथै, नबिल बैंकले आपतकालिन सेवाहरुमा संलग्न औषधि व्यवसायीहरुस“ग आवद्  हुनपाएकोमा गौरवान्दित महसुस गर्दछ ।”

नबिलबैंकको बारेमा
नबिल बैंकले आफ्नोे देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिलरेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जाल मार्फत निरन्तर गुनस्तरिय सेवाप्रवाह गरिरहेको छ.। एक उच्चप्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ, नबिल बैंक ग्राहकहरुलाई मूल्यअभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

प्रतिकृया