• ४ असोज २०८३, आइतबार
  • ४ः४४ बेलुका

श्रीलंकाको जेलमा १ वर्षदेखि २६ नेपाली महिला

प्रकाशित मिति

२०७७ फाल्गुन १४ गते, शुक्रबार ०४:१३

काठमाडौं – वैदेशिक रोजगारीका लागि खाडीका विभिन्न मुलुक लैजाने योजनासहित श्रीलंकाको राजधानी कोलम्बो पुर्‍याइएका १ वर्षदेखि २६ जना नेपाली महिला त्यहाँको कारागारमा रहेको पाइएको छ । बिबिसी नेपाली सेवाका अनुसार उनीहरु तत्काल छुट्ने अवस्थामा छैनन् ।

National Life

श्रीलंकास्थित नेपाली दूतावासलाई उदृत गर्दै समाचारमा खाडीका विभिन्न मुलुकमा मानव तस्करी गर्ने श्रीलंकका एजेन्टहरुलाई कानूनी कारवाही गर्न ती महिलाहरुलाई साक्षीका रुपमा राखिएको छ ।

श्रीलंकाले विभिन्न मुलुकहरुमा घरेलु कामदार पठाउँदै आएको छ । नेपालबाट भने जान प्रतिवन्ध छ । तर एजेन्टहरुले भारतको आसाम, मिजोरम र मणिपुर लगायतका क्षेत्रबाट नेपाली महिलाहरुलाई श्रीलंका पुर्‍याउने गरेका छन् । मिजोरम तथा मणिपुरबाट सोझै म्यान्मार पुगिने र त्यहाँबाट विभिन्न खाडी मुलुकसम्म पुग्न सहज भएकाले उक्त ‘रूट’को प्रयोग अहिले बढ्दो क्रममा रहेको समाचारमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि भारतका दिल्ली र चेन्नई विमानस्थल महिला तस्कारीका लागि प्रयोग हुने गरेको भएपनि दिल्ली विमानस्थलमा खाडी मुलुक जाने नेपाली महिलालाई विभिन्न कागजपत्र खोजी निगरानी गर्न थालिएपछि श्रीलंका हुँदै नेपाली महिलालाई खाडी मुलुक पठाउने क्रम बढेको बताइएको छ ।

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर दुई महिलालाई टर्की पुर्‍याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१ का जीवन भट्ट र बाग्लुङ ढोरपाटन नगरपालिका–४ की पूर्णिमा सिर्पाली बस्नेत रहेको प्रहरीले बताएको छ ।

बस्नेतलाई बुधबार काठमाडौंको माइतीघरबाट र भट्टलाई काठमाडौंको सोल्टीमोडबाट मंगलबार पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले जनाएको छ । उनीहरुले एकै घरका आमाछोरीलाई टर्कीमा राम्रो रोजगारी पाइने प्रलोभन देखाई १० लाख रुपैयाँ लिई टर्की पुर्‍याएको बताइएको छ ।टर्कीमा पूर्णिमाका बुवा पहिलेदेखि बस्दै आएका थिए ।

उनले काममा लगाइदिन्छु भन्दै तीन हप्ता आफ्नै कोठामा राखी नेपाल फर्किन पनि नदिई आमालाई ग्रीस पठाइदिन्छु भनी कोठामै बन्धक बनाइ राखेको र छोरीलाई टर्कीको बोर्डरमा पुर्‍याइ अन्य व्यक्तिलाई बिक्री गरेको प्रहरीले बताएको छ ।

 

 

प्रतिकृया