• 6:09 am

महिला राष्ट्रिय लिगमा आर्मीसँग ७–० गोल अन्तरले वालिङ पराजित

प्रकाशित मिति

January 24, 2021

काठमाडौंः महिला राष्ट्रिय लिगमा त्रिभुवन आर्मीले स्याङ्जाको वालिङ नगरपालिकालाई ७–० गोल अन्तरले पराजित गरेको छ ।

आइतबार ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् ।

खेलको १४ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी विमलाले ६६ औँ र ७५ औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

त्यस्तै दीपा राईले २८ औँ मिनेटमा, शर्मिला थापाले ४४ औँ मिनेटमा, हेमा चौधरीले ८८ औँ मिनेटमा र भुजुङ्गा राईले इन्जुरी समयको दोस्रो मिनेटमा एकरएक गोल गरे ।

प्रतिकृया