• 12:44 am

एकद्वार प्रणाली कार्यान्वयन गर्न दुई विभाग र एक कार्यालयबीच समझदारी

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०३:२९

Padma Aryal Sajha Intraction 1 e1606906641803

काठमाडौंः नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझदारी भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो।

 

प्रतिकृया