• १० असोज २०८३, शनिबार
  • १ः३७ राती

कोरोना खोप लगाउने तयारी

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०६:३७

काठमाडौं:नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको हो ।

National Life

यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि चासो बढेको छ । सरकारद्वारा खोप वितरण, खोप लगाउने व्यक्तिलाई तालिम र खोप लगाइने व्यक्तिको छनोट जस्ता काम धमाधम भइरहेका छन् । कोरोनाविरुद्धको खोप लगाउन सरकारले व्यापक तयारी गरेको छ । देशभरका १५० जना खोप अधिकृतलाई स्वास्थ्य सेवा विभागले तालिम दिइसकेको छ भने बाँकी खोप कार्यकर्तालाई पनि तालिम दिने तयारी गरिरहेको छ ।

आइतबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका खोप भण्डारणमा कोरोनाविरुद्धको खोप पठाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा झलक गौतमले कोरोना खोपको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खवर छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया