• ३ असोज २०८३, शनिबार
  • ९ः४८ राती

प्राधिकरणले सार्वजनिक गर्‍यो लोडसेडिङको तालिका

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०१:५६

जुम्ला,नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ ।

National Life

आइतवार प्राधिकरणको जुम्ला वितरण केन्द्रले सार्वजनिक गरेको तालिका अनुसार जुम्लाको टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल क्षेत्रमा रातिको १२ बजेबाट बिहान १२:३० बजेसम्म र राति साढे ९ बजेदेखि राति १२ बजेसम्म लोडसेडिङ हुनेछ ।

यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहोरा गाउँ र बसपार्क क्षेत्रमा बिहान साँढे १२ बजेदेखि राति साँढे ९ बजेसम्म लोडसेडिङ हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्राधिकरणका अनुसार प्रत्येक हप्ता समूह तालिका परिवर्तन हुनेछ । त्यस्तै हरेक दिन विहान २ बजेदेखि ५ बजेसम्म र ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि र ६ बजेसम्म पावरहाउस बन्द हुनेछ ।

त्यस्तै पिक लोडको समयमा वितरण प्रणालीमा पावर इनर्जी कम भएका तालिकाबाहेकको समयमा पनि विद्युत कटौती हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिकृया