• १० असोज २०८३, शनिबार
  • ३ः४७ राती

पछिल्लो २४ घण्टामा ४०३ जना कोरोना संक्रमित थपिएः ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०४:००

काठमाडौंः पछिल्लो २४ घण्टामा बिहीबार थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार ५४६ संक्रमितको संख्या पुगेको छ ।

National Life

त्यसैगरी २४ घण्टामा ४०५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४२६ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २ हजार ४१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ जना रहेको छ ।

प्रतिकृया