• १० असोज २०८३, शनिबार
  • १०ः३६ बिहान

खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?: नेता खनाल

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार ०३:५६

काठमाडौंः नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीसँग पानी जहाज र घरघरमा ग्यास पाईप खोई भनेर प्रश्न गरेका छन् ।

National Life

काठमाडौंमा गरेको विरोध सभामा प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै खनालले ओलीलाई यस्तो प्रश्न गरेका हुन् ।

ओली जस्ता तानाशाहकै कारण सडकमा आउन बाध्य भएको भन्दै उहाँले भन्नुभयो, ‘ओलीले संविधानमाथि बलात्कार गरे, लोकतन्त्रमाथि प्रहार गरे । त्यसैले सडकमा आउन बाध्य भएका हौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

पार्टीका नीति कार्यक्रम सबै बिर्सिएको आरोप लगाउँदै खनालले प्रश्न गर्नुभयो, ‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’

 

 

प्रतिकृया