ओलीलाई गणतन्त्रप्रति कुनै माया छैनः नेता नेपाल
प्रकाशित मिति
२०७७ पुष १४ गते, मंगलवार ०३:४६
काठमाडौंः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीबाट संविधानको भावनामाथि कुठाराघात भएको बताएका छन्।
मंगलबार राजधानीको भृकुटीमण्डपमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपालले अब निरङ्कुश केपी ओली र यस्ता प्रवितिको आयु सकिएको भन्दै संविधानको भावनामाथि कुठाराघात भएको बताएका हुन् ।
नेता नेपालले २०६२र०६३ को जनआन्दोलनलाई ओलीले खिसिट्यूरी गरेको समेत स्मरण गरे। उनले ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्ने ओलीलाई गणतन्त्रप्रति अपनत्व नभएको जिकिर गरे।
उनले भने, ‘ओलीलाई गणतन्त्रप्रति कुनै माया छैन। निष्ठा छैन। गणतन्त्रप्रति अपनत्वबोध छैन। संघीयतालाई बलियो बनाउनुपर्ने बेला ओलीबाट अनुचित कार्य भएको छ। जनअघिकार विरुद्ध कदम चाल्नुभएको छ।’
प्रतिकृया