• १० असोज २०८३, शनिबार
  • ५ः३६ बिहान

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई यल्लो प्यगोडा होटलमा छुट

प्रकाशित मिति

२०७७ पुष १३ गते, सोमबार ०८:३५

काठमाण्डौ, बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यगोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्गको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% छुट र रु.३,५००।०० मा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ ।

National Life

यस सम्झौता पश्चात् ग्राहकहरुले यल्लो प्यगोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाईल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा रु ३,५००।००(सर्तहरु लागु हुनेछन्) शुल्कमा उपभोग गर्न पाउने तथा अन्य सुविधाहरुमा वास्तविक मुल्यको १५% छुट पाउने जनाएको छ ।

यल्लो प्यगोडा होटलले काठमाण्डांै र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यल्लो प्यगोडा होटलको महाप्रबन्धक अर्जुन केशीले हस्ताक्षर गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।

 

प्रतिकृया