• ८ असोज २०८३, बिहीबार
  • ५ः३७ बेलुका

प्रहरीलाई झुक्याएर रौतहटमा जसपा कार्यकर्ताले जलाए प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला

प्रकाशित मिति

२०७७ पुष १० गते, शुक्रबार ०५:३३

सन्जय सहनी, रौतहटः जनता समाजवादी पार्टी नेपाल रौतहटका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रवार दिउसो २ बजेको समयमा सदरमुकाम गौरमा पुलता दहन गरेका छन् ।

National Life

पुष ५ मा कायम रहेका संघीय संसद विघटन गरेको विरुद्धमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रहरीलाइ चुनौती दिदै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको हो ।

घोषित कार्यक्रम सम्पन्न गर्न मधेशी क्रान्ति चौकमा जसपाका नेता कार्यकर्ताहरु भेला थिए। पुतला जलाउन नदिने उदेश्यले बाक्लो रुपमा प्रहरी उतारियो ।कुनै हालतमा पुत्ला जलाउन नदिने प्रहरीको मनासाय थियो। तर प्रहरीले सोचेको कुरा पुरा हुन नदिन जसपाका युवा जुझारु नेता श्याम विहारी यादवले प्रहरी रहेको ठाउ देखि ५० मिटरको दुरीमा आगो लगाएर नारावाजी गर्न थाले ।

Classic Tech Mobile
Classic Tech Desktop

जलिरहेको पुत्ला निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली दौडेर आए पनि प्रयास सफल हुन सकेन।केपि ओलि देश छोड ,बिधा भण्डारी मुर्दावाद भन्दै पुत्ला जलाउदै जसपा नेताहरुले पुत्ला जलाउदै आक्रोश पोखे।

पुतला दहन पश्चात आयोजित सभामा सम्वोधन गर्दै जनता समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य एवं जिल्ला इन्चार्ज ब्रिज कुमार यादवले रगत बगाएर ल्याएको संघीय गणतन्त्रको नेकपा सरकारले समाप्त पार्ने सड्यन्त्र पुर्वक संसद विघटन गरेको आरोप लगाए ।

नेता यादवले आन्दोलनको बल आएको संघियता खतरामा रहेकोले जनता समाजवादी पार्टीले रक्षाको निमित आन्दोलनमा होमिएको जिकिर गरे । कम्युनिस्ट पार्टीले संघियता खारेज गर्ने सोच लिएकोले सोच कुनै पनि हालतमा पुरा नहुने ठोकुवा गरे ।

प्रदेश सदस्य यादवले जसपाका आन्दोलनमा सहभागी हुन् अपिल समेत गरे ।कार्यक्रममा जसपा रौतहटको दर्जनौं नेता कार्यकर्ताको उपस्थिति थियो।

प्रतिकृया