• ३ असोज २०८३, शनिबार
  • ८ः३० राती

प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने

प्रकाशित मिति

२०७७ कार्तिक १७ गते, सोमबार ०८:११

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले मङ्गलबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौँ ग्रिड महाशाखाबाट स्युचाटार सवस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले विभिन्न स्थानमा मङ्गलबार बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुनेछ ।

National Life

प्राधिकरणका अनुसार उक्त सवस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

प्रतिकृया