• १० असोज २०८३, शनिबार
  • ५ः३७ बिहान

ट्राफिक नियम तपाईले पालना गर्नुभयो त ?

प्रकाशित मिति

२०७७ आश्विन ३० गते, शुक्रबार ११:५७

काठमाडौं ,शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक काईदा (पर्ख, हेर र जाउँजाउँ (Stop, Look & Go) नियम तपाई पालना गर्नुभयो त । हो, यस्तै नियम पालना गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा Stop, Look& Goलेखिएको संकेत बोर्डहरू थप १०० स्थानमा राखेको छ ।

National Life

“सवारी चालकले भित्री सडकबाट मुख्य सडकहरूमा निस्कँदा पर्ख, हेर र जाउँ (Stop, Look & Go) भन्ने ट्राफिक नियमको पालना नगर्दा त्यस्ता चोक जक्सनमा ट्राफिक जामतथा सवारी दुर्घटना हुने गरेको पाईन्छ ।”महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताएका छन। ‘सवारी चालकहरूलाई स्व(अनुशासित बनाई काठमाडौं उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनिकरण गर्न त्यस्ता ट्राफिकमैत्री संकेत बोर्डहरू निर्माण गरी राखिएको हो ।’

यस्ता बोर्डहरू बानेश्वर, कोटेश्वर, बौद्ध, एयरपोर्ट, यूएन पार्क, भैसेपाटी, पुल्चोक, झम्सीखेल, भद्रकाली, पाको, नैकाप, बाफल, किर्तिपुर, सुकेधारा लगायत उपत्यकाको विभिन्न स्थानका शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकहरूले स्व(अनुशासित भई उक्त Stop, Look & Goको नियम पालना गरी सभ्य सडक संस्कृतिको विकास गरिदिनुहुन विशेष अनुरोध पनि गरे । बोर्डहरू यस अघि पनि ट्राफिक महाशाखाले लकडाउनको अवधिमा २५० स्थानमा राखिसकेको छ ।

 

 

प्रतिकृया