• २४ भदौ २०८३, बुधबार
  • ९ः४५ बिहान

काठमाडौँ उपत्यकामा आज बिजोर नम्बरका सवारी चल्न थाले. अटेर गर्ने ४२६ सवारी साधन होल्ड

प्रकाशित मिति

२०७७ भाद्र २५ गते, बिहीबार ११:०५

काठमाडौँ, उपत्यकामा आजदेखि जोर–बिजोर प्रणालीबाट सवारी साधन चल्न थालेका छन् । ट्राफिक प्रहरी महाशाखाले गतेका आधारमा जोर बिजोर प्रणाली लागू गरेको छ ।

National Life

बुधवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निजी सवारी र १६ सिटभन्दा माथि सिट क्षमता भएका सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेका थिए ।स्थानीय प्रशासनको निर्णय अनुसार आज बिजोर नम्बरका सवारी चलाउन पाइने ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) भिम प्रसाद ढकालले रातोपाटीलाई बताए ।

‘गतेका आधारमा जोर बिजोर लागु गरेका छौं,’ प्रहरी बरिष्ठ उपरीक्षक ढकालले भने– ‘आज बिजोर गते भएकाले बिजोर नम्बरका सवारी चल्न पाउँछन् ।’ ट्राफिक प्रहरीले जोर नम्बरका सवारीलाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान १० बजेसम्म ४ सय २६ बढी जोर नम्बरका सवारी होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जोर–बिजोर प्रणालिमा सञ्चालन हुने सवारी साधनले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्छ । ट्याक्सीमा चालकसहित ३ जनाभन्दा बढी बस्न पाइदैँन् । एकै परिवारका मान्छे ट्याक्सी चढेमा ५ बर्षमुनिका दुईजना बच्चालाई सँगै राख्न सकिन्छ । १६ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक बसमा कुल सिट क्षमताको आधा नबढ्ने गरी एक लहरमा एकजना मात्र यात्रु चढाउन सकिन्छ । बसमा सेनिटाइजरको अनिवार्य व्यवस्था हुनुपर्छ । यात्रु र चालकले मास्क अनिवार्य लगाउनुपर्छ ।

जोर बिजोर प्रणाली उल्लंघन गरेमा बिहिबार निश्चित समय होल्ड गरेर चेतावनीसहित छाडिने र शुक्रबारबाट कारावाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाईने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्याक्सी र बसमा सुरक्षा मापदण्ड पुरा गरे नगरेकोबारे ट्राफिक प्रहरीले अनुगमन गर्नेछ । निजी सवारी साधनले पनि स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्छ ।

प्रतिकृया