• ६ असोज २०८३, मंगलबार
  • ११ः२२ बिहान

सभापति देउवाद्वारा शुभेच्छुक संस्था समन्वय विभागलाई पूर्णता

प्रकाशित मिति

२०७७ भाद्र १९ गते, शुक्रबार ०५:१४

काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहनुभएको शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गर्नुभएको छ ।

National Life

विभागको उपप्रमुखमा विष्णु धिताल, सचिवमा विनिता अधिकारी र सदस्यहरुमा सर्वधन राई, हेमन्त मल्ल, तिलकबहादुर मल्ल, मुकेश काफ्ले, श्याम पोखरेल, इच्छाबहादुर वाग्ले, गोविन्द शर्मा पौडेल, रामबहादुर देउवा, उमेशप्रसाद थानी, जितबहादुर मडै, दिपेन पाठक, बलराम सरदार, खेसबहादुर मगर, भरत पोखरेल, राजन खत्रीलाई मनोनयन गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी विभागको सदस्यमा गोविन्द चामलिङ, कृष्णदत्त पनेरु, सन्तोष गुप्ता, सुवास यादव, सुरेन्द्रकुमार न्यौपाने, पुनम चौधरी, राजन केसी, उद्धव दाहाल, हरिशरण श्रेष्ठ, निगेन्द्रराज शर्मा, दीपकवीर कुँवर, काशीकुमार जोशी, जीवन शर्मा, कमलकिशोर घिमिरे, भागवता विष्ट र वासुदेव दिन पौडेल रहेका छन् । त्यस्तै अन्य सदस्यमा डोलकराम घिमिरे, कमल विक, जगतजङ्ग थापा, भावना शाही, धनबहादुर शाही, भोजकुमार श्रेष्ठ, मीनबहादुर सिंह, रतनबहादुर साउद, जगतबहादुर रावल, सुधिर अधिकारी, रमेश पुरी, दीपेन्द्र केसी, राजु उप्रेती, हरिहर गौतम र विष्णुमाया पौडेललाई मनोनयन गरिएको छ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया